शुक्रबार, आषाढ २६, २०७७
    धर्म-संस्कृति

    धर्म प्रचारकलाई जिल्ला निकाला, पर्यटक नाममा भिसामा धर्म प्रचार

    बिहिवार, २९ फागुन २०७६, आहाखबर

    काठमाडौं, २९ फागुन । अवैध रुपमा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी र ताइवानी नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाले निस्कासन गरेको छ । 

    फर्जि प्रवेशाज्ञा प्रयोग गरी लामो समयदेखि जिल्लामा धर्म प्रचार गर्दै आएका ४ जना जापानी र २ जना ताइवानीलाई जिल्ला टाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

    गोरखामा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी नागरिक छिनो छिखारा, चिनो कान्को मिसा तोमिनागा र बोली तोमिनागालाई जिल्ला छाड्न निर्देशन दिएको प्रजिअ पौडेलले बताएका छन् । निर्देशन पाए लगतै उनीहरुले जिल्ला छाडिसकेको पौडेलले जानकारी दिए । (अन्नपूर्ण पोष्ट्बाट)

     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast