आईतवार, चैत्र २३, २०७६
    बिदेश

    इरानमा २४ घण्टामा ९५८ नयाँ कोरोना सङ्क्रमण

    बुधबार, २८ फागुन २०७६, आहाखबर

    एजेन्सी, २८ फागुन 

    इरानले गएको २४ घण्टामा ९५८ नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ। यससँगै इरानमा सङ्क्रमितको सङ्ख्या ९ हजार पुगेको छ।

    बुधबार इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपौरले ६३ जनाको मृत्युको पनि पुष्टि गरेका छन्। यससँगै इरानमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या पनि ३५४ पुगेको छ।

    उनले सबै बिदाका योजना रद्द गर्न र घरमै बस्न आह्वान गरेका छन्।

    चीन र इटालीपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित हुनेमा इरान रहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast