शुक्रबार, आषाढ २६, २०७७
    आर्थिक खबर

    बुधबार ४ सयले घट्याे सुनकाे भाउ

    बुधबार, २८ फागुन २०७६, आहाखबर

    काठमाडौं, २८ फागुन । लगातार बढेकाे सुनकाे भाउ बुधबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुन तोलाको ८२ हजार ३ सय कायम गरेको छ ।

    मंगलबार तोलाको ८२ हजार ७ सयमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । आइतबार तोलाको ८२ हजार ५ सयमा कारोबार भएको थियो । 

    यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ४ सयले घटेर ८२ हजार कायम भएको महासंघले जनाएको छ । मंगलबार तोलाको ८२ हजार ४ सयमा कारोबार भएको तेजाबी सुन आज बुधबार ८२ हजारमा झरेको महासंघले जनाएको छ । 

    चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको भाउ तोलाको ८ सय ८० स्थिर रहेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १६ सय ६४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast