मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    बेलायती स्वास्थ्यमन्त्रीमा नै सकेनन् कोरोना मुक्त हुन

    बुधबार, २८ फागुन २०७६, आहाखबर

    काठमाडाैं,२८ फागुन। बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड १९) संक्रमण भएको छ।  आफूमा कोरोना संक्रमण भएको जानकारी गराउँदै डोरिसले भाइरस संक्रमणको पुष्टि भएपश्चात आवश्यक परामर्श लिएर घरभित्रै एकान्तवासमा रहेको जानकारी गराएकी छिन्‌।

    एक विज्ञप्ति जारी गर्दै डोरिसले आफूसँग नजिक र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने काम भइरहेको पनि उल्लेख गरेकी छिन्।  ६२ बर्षीया डोरिसले नर्सबाटै आफ्नो पेशागत जीवन शुरु गरेकी थिइन्। संक्रमणका कारण आफू खास नडराएको, तर आफ्नी ८४ बर्षीया आमाको स्वास्थ्यबारे उनले चिन्ता जनाएकी छिन्‌।

    उनकी आमालाई पनि मंगलबारदेखि रुघाखोकी लाग्न थालेको छ।  बीबीसीले डोरिस कोरोना संक्रमित हुने पहिली बेलायती सांसद रहेकी उल्लेख गरेको छ। उनले कतिवटा बैठकमा सहभागीता जनाएकी थिइन् भन्ने अझै खुलेको छैन।

    कोरोना संक्रमणका कारण बेलायतमा अहिलेसम्म छ जना मानिसको ज्यान गइसकेको छ भने ३८२ वटा संक्रमणका मामिला भेटिएका छन्। पछिल्लोपटक स्वास्थ्यअवस्था निकै कमजोर भएका ८० बर्षीय बृद्धको ज्यान गएको थियो।  बेलायतमा १० हजार मानिसहरुमा कोरोना संक्रमण भए÷नभएको परीक्षण गरिँदैछ, अहिलेसम्म १५ सय मानिसहरुमा परीक्षण गरिसकिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast