आईतवार, चैत्र १६, २०७६
    बिदेश

    कोरोनाबाट चीनपछि इटालीमा सबैभन्दा बढीको मृत्यु

    आईतवार, २५ फागुन २०७६, आहाखबर

    एजेन्सी, फागुन २५

    कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट चीनपछि इटलीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ। 

    गत वर्षको अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म २ सय ३३ संक्रमितको मृत्यु भएको हो। 

    इटालीमा संक्रमित हुने संख्या पाँच हजार ८८३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। अहिले इटालीमा पर्यटक प्रवेशमा रोक लगाइसकेको छ। इटालीको भेनिस सहरको क्यानल पूरै खाली भएको छ। यहाँ सधैँभरी मानिसहरू भेला हुने गरेका थिए। चीनमा अहिलेसम्म तीन हजार ९७ जनाको मृत्यु भएको छ। 

    यहाँ संक्रमित हुनेको संख्या ८० हजार ६९६ रहेको छ। अहिलेसम्म ५७ हजार ८३ जना संक्रमितको उपचार भएको चिनियाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार मात्र चीनमा २७ जनाको मृत्यु भएको थियो भने ४१ जना नयाँ संक्रमित भेटिएका थिए। 

    यहाँ शनिबार नै एक हजार ६ सय संक्रमितले अस्पतालबाट बिदा पाएका थिए। चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र हुवान हो। डब्लुएचओका अनुसार चीनबाहेक अन्य मुलुकका २१ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको। जसमध्ये चार सय १३ जनाको मृत्यु भइसकेको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast