आईतवार, चैत्र १६, २०७६
    स्वास्थ्य

    चीनद्वारा कोरोना भाइरसको एन्डीबडी तयार, २९ मिनेटमै असर गर्ने

    आईतवार, २५ फागुन २०७६, आहाखबर

    एजेन्सी, २५ फागुन

    चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्व नै त्रसित भएको छ । उक्त भाइरसको भ्याक्सिनको निर्माणका लागी वैज्ञानिकहरु तिव्र गतिमा लागिपरेका छन् । कोभिड १९ का लागि एन्टीबडी निर्माण भइसकेको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले जनाएको छ । उक्त एन्टीबडीले शरीरमा गएर २९ मिनेट भित्र असर गर्ने जनाइएको छ ।

    जियामेन विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले शंकास्पद केस, उच्च जोखिममा रहेका विरामीहरु माथि प्रयोग गर्ने बताइएको छ । उक्त एन्टीबडी कोरोना उत्पति भएको हुबेई प्रान्तको उहान शहरका अस्पतालमा परिक्षण गरिएको जनाइएको छ । न्यूक्लिक एसिड र एन्टीबडीको संयूक्त साझेदारीमा भाइरस सजिलै पत्ता लाग्ने जनाइएको छ । उक्त एन्टीबडीलाई चीन सरकार, यूरोपियन यूनियन, इटली, अस्ट्रिया र नेदरल्याण्ड जस्ता देशहरुले स्वीकृत गरिसकेको जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast