आईतवार, चैत्र २३, २०७६
    सावधान

    धनगढीबाट दार्चुला हिडेको जिप दुर्घटना हुँदा चालकको मृत्यु, ६ गम्भीर घाइते

    आईतवार, २५ फागुन २०७६, आहाखबर

    बैतडी, २५ फागुन । धनगढीबाट दार्चुला जाँदै गरेको जिप दुर्घटना हुँदा चालककाे मृत्यु् भएकाे छ भने ६ जना घाइते भएका छन् ।

    धनगढीबाट दार्चुलाका लागि हिडेकाे १२५७ नंको जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटनाग्रस्त भएकाे हाे 

    बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले भटनाको पुष्टि गर्दै जिप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडालको मृत्यु भएको जानकारी दिए ।

    दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको कारण खुलेको छैन । घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएकोे जनाइएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast