आईतवार, चैत्र २३, २०७६
    सावधान

    पत्रकार वीरेन्द्र साहका हत्यारा पक्राउ, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर

    आईतवार, २५ फागुन २०७६, आहाखबर

    काठमाडौं, २५ फागुन । २०६४ असोज १८ मा हत्या भएका एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार वीरेन्द्र साहका हत्यारा पक्राउ परेका छन् ।

    तत्कालीन माओवादीमा संलग्न कुन्दन भन्ने नरेन्द्र चौधरीलाई आइतबार बिहानै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनलाई निवासबाटै बिहान २ बजे पक्राउ गरिएको थियो । पक्राउ गर्ने क्रममा अवरोध सिर्जना भएपछि ४ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले बारागढीस्थित निवासमा सुतिरहेको अवस्थामा १२ फौजदारलाई पक्राउ गरेको थियो । फौजदारलाई नियन्त्रणमा लिनुअघि घरलाई प्रहरीले घेरा हाल्दा स्थानीयले उनलाई भगाउन प्रयास गरेका थिए ।

    प्रहरीले चार राउन्ड हवाई फायर गरेर पनि पक्राउ गर्न सफल भएको बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताएका छन् ।  तत्कालीन नेकपा माओवादीका कार्यकर्तासमेत रहेका फौजदार अदालतबाट दोषी ठहर भइ लामो समयदेखी फरार रहेका थिए । 

    पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितका नेताले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरेका थिए ।  अपहरण गरेको ३४ दिन पछि साहको शव २०६४ कात्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा फेला पारेको थियो ।


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast