आईतवार, चैत्र २३, २०७६
    सावधान

    काेराेनाभाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३५ सय नाघ्याे, कुन देशमा कति ?

    आईतवार, २५ फागुन २०७६, आहाखबर

    काठमाडौं, २५ फागुन । कोरोना भाइरसकाे संक्रमणबाट विश्वका विभिन्न मुलुकमा अहिलेसम्म ३५ सय बढीको मृत्यु भइसकेको छ ।

    मृत्यु हुनेमा सबैभन्दा बढी चीनमा रहेका छन् । चीनमा अहिलेसम्म ३ हजार ७० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    चीनमा शनिबार मात्रै २७ जनाको मृत्यु भएको छ भने ४१ जना नयाँ संक्रमित फेला परेको पिपुल्स डेली चाइनाले जनाएको छ । शनिबारमात्रै चीनमा १ हजार ५ सय ४३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    चीनपछि सबैभन्दा बढी इटलीमा मृत्यु भएको छ । इटलीमा २ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

    इरानमा १ सय ४५ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ४४ जनाको मृत्यु भएको छ ।

    अमेरिकामा १७, फ्रान्समा १६, स्पेनमा १०, जापानमा ६, इराकमा ४ जनाको मृत्यु भएको छ भने अष्ट्रेलिया, बेलायत र हङकङमा दुई दुईजनाको मृत्यु भएको छ ।

    त्यसैगरी स्वीट्जरल्यान्डमा एकजना, नेदरल्यान्डस, थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा पनि एक एक जनाको मृत्यु भएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast