आईतवार, चैत्र १६, २०७६
    बिदेश

    अफगानिस्तानमा बन्दुकधारीकाे अन्धाधुन्ध आक्रमणबाट २९ जनाकाे मृत्यु

    शनिबार, २४ फागुन २०७६, आहाखबर

    काबुल, २४ फागुन । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार अन्धाधुन्ध गाेली चल्याे ।  दुई बन्दुकधारीले गरेको उक्त आक्रमणबाट २९ मारिए भने ६१ घाइते भएका छन् । 

    घाइतेमध्ये २०को अवस्था अत्यन्त गम्भिर रहेको अल जजिराले बताएको छ । सुरक्षाकर्मीले पछि दुवै सुरक्षाकर्मीलाई मारेका थिए । 

    मुसलमान उग्रवादी संगठन आईएसले आक्रमणको जिम्मेबारी लिएको छ । यो अघिल्लो हप्ता अमेरिका र तालिवानबीच शान्ती सम्झौता भएदेखिको सबैभन्दा ठूलो आक्रमण हो ।

    बन्दुकधारीले हिज्ब–ए–बहदत पार्टीका नेता अब्दुल अली मजारीको हत्या भएको २५ औं वार्षिकोत्सव श्रद्धान्जली सभामा आक्रमण गरेका थिए ।  अघिल्लो वर्षको मजारीको श्रद्धान्जली कार्यक्रममा पनि आईएसले आक्रमण गरेको थियो । 

    अफगानिस्तानको अल्पसंख्यक हजारा समुदायका मजारीले देशको एकताको लागि सबै जातिको समान प्रतिनिधित्वको कुरा उठाउथें । तर पछि उनी तालिवानबाट मारिए । तर सन् २०१६ मा मजारालाई ‘राष्ट्रिय एकताका नायक’को पदावधि दिइएको छ । 

    श्रद्धान्जली सभामा राष्ट्रपतिका उमेद्वार तथा देशका प्रमुख कार्यकारी पदमा रहेका अब्दुला अब्दुला पनि सहभागी थिए । अब्दुलालाई भने कुनै चोट लागेको छैन ।

    प्रहरीका अनुसार बन्दुकधारीले नजिकैको भवनबाट गोली प्रहार गरेका छन् ।  हालै अमेरिका र तालिबानबीच भएको शान्ती सम्झौतापछि यो सबैभन्दा ठूलो आक्रमण हो । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आक्रमणको निन्दा गरेका छन् । 

    उनले ट्वीट गर्दै भनेका छन् ,‘यो आक्रमण अपगानिस्तानको राष्ट्रिय एकता र मानवतामाथिको प्रहार हो ।’

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast