शुक्रबार, आषाढ २६, २०७७
    आर्थिक खबर

    निरन्तर बढ्दै सुनकाे मूल्य, शुक्रबार ताेलामा १८ सयले बढ्याे

    शुक्रबार, २३ फागुन २०७६, आहाखबर

    काठमाडौं, २३ फागुन । कोरोना भाइरसका कारण सुनको मूल्य निन्तर बढेकाे छ ।बिहीबार २२ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य शुक्रबार पनि तोलामा १८ सय रूपैयँले बढेकाे छ ।

    आज सुनकाे मूल्य ८२ हजार ५ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाल सुन हिजो बिहीबार तोलाको ८० हजार ७ सयमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजाबी सुनको भाउ तोलाको ८२ हजार २ सय रुपैयाँ पुगेको जनाएको छ । 

    यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ८ सय ९० पुगेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको ८ सय ८० मा कारोबार भएको थियो ।

    छापावाला सुन बुधबार तोलाको ८० हजार ५ सयमा कारोबार भएको थियो भने मंगलबार ७८ हजार ३ सयमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार तोलामा एकै दिन २२ सयले बढेको थियो । यो साता निरन्तर सुनचाँदीको भाउमा वृद्धि आइरहेको छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast