सोमबार, चैत्र २४, २०७६
    विज्ञान/प्रविधि

    २४ घण्टापछि ट्वीट आफै हराउने ट्वीटरको नयाँ फिचर

    बिहिवार, २२ फागुन २०७६, आहाखबर

    काठमाडाैं, २२ फागुन । सामाजिक सञ्जाल ट्वीटरले २४ घण्टापछि आफै ट्वीट हराउने नयाँ फिचर सार्वजनिक गर्ने भएकाे छ ।

    ट्वीटरले बुधबारदेखि केही ट्वीटहरु २४ घण्टापछि आफै डिलिट हुने नयाँ ‘फिचर’ परीक्षण गरिरहेको छ ।

    ट्वीटरले सो फिचरलाई ‘फ्लिट्स’ नाम दिएको छ । यो फिचर अन्तर्गत गरिएको ट्वीट फेसबुक, स्न्यापच्याट र इन्स्टाग्राम ‘स्टोरिज’ जस्तै २४ घण्टामा आफै हराउँछ ।

    तर यो फिचरले ट्वीटरलाई अरु सामाजिक सञ्जाल जस्तै बनाउने भन्दै प्रयोगकर्ताले विरोध गरिरहेका छन्।

    नयाँ फिचरको विरोधमा रहेकाहरुले अहिले ३च्क्ष्एत्धष्ततभच ह्यासट्याग प्रयोग गरिरहेका छन् । ट्वीटरले आफ्नो नयाँ फिचर अहिले ब्राजिलमा मात्रै परीक्षण गरिरहेको छ । त्यसकारण सो ह्यासट्याग पनि ब्राजिलमै प्रयोग भएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast