सोमबार, चैत्र २४, २०७६
    लाइफस्टाइल

    एक घण्टा लम्बिए दिनहरू, यस्तो छ लम्बिने प्रक्रिया

    बिहिवार, २२ फागुन २०७६, आहाखबर

    काठमाडाैं, २२ फागुन । अंग्रेजी महिना डिसेम्बरयताका दिनहरू एक घण्टा लामो भइसकेका छन्। मौसमविद्का अनुसार दिनप्रतिदिन दिनको समय क्रमशः बढ्ने क्रम जारी छ।

    महाशाखाको रेकर्डअनुसार सबैभन्दा छोटो दिन मानिएको गत डिसेम्बर २२ तारिखमा ५ बजेर १४ मिनेटमा सूर्यास्त भएको अर्थात् घाम डुबेको थियो भने आज ९मार्च ५० मा ६ बजेर ७ मिनेटमा घाम डुब्नेछ।

    यस्तै डिसेम्बर २२ मा ६ बजेर ५१ मिनेटमा सूर्य उदाएको थियो भने आज ६ बजेर ७ मिनेटमा सूर्य उदाएको थियो। यस हिसाबले करिब एक घण्टा दिन लामो भइसकेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए।

    ‘दिन लम्बिँदा बेलुकातर्फ बढी लम्बिने हो,’ उनले भने, ‘बिहान घाम उदाउने समय त्यति धेरै फरकमा जाँदैन।’ दिन लम्बिने क्रम जारी रहेको र सबैभन्दा लामो दिन आउने जुन २२ तारिखलाई मानिने मौसमविद् अर्यालले बताए। 

    दिन जति लम्बिँदै गयो तापक्रम पनि उति बढ्दै  गएकाे छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुुसार काठमाडौं उपत्यकासहित देशभर न्यूनतम र अधिकतम तापक्रम बढ्दै गएको छ।

    यही मार्च १ तारिख ९फागुन १८० अर्थात् प्रि(मनसुन सुरु भएदेखि मुलुकभर तापक्रम बढेको हो। प्रि-मनसुन अवधि मार्च, अप्रिल, मे र जुन तापक्रम बढी हुने महिना हुन्।

    हिजो बुधबार काठमाडौंको अधिकतम तापक्रम २३.५ डिग्री सेल्सियस मापन भएको महासाखाले जनाएकाे छ। 

    यस्तै बुधबार धनगढीमा २९, दिपायलमा २७.२, वीरेन्द्रनगरमा २५.८, नेपालगन्जमा २८.६, दाङमा २५.७, पोखरामा २४.५, भैरहवामा २८.७, सिमरामा २९ र विराटनगरमा २८.६ डिग्री रेकर्ड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast