आईतवार, चैत्र १६, २०७६
    बिदेश

    राष्ट्रपतिको आलोचनापछि रणभूमि बन्यो टर्कीको संसद

    बिहिवार, २२ फागुन २०७६, आहाखबर

    टर्की, २२ फागुन । टर्कीको संसदभित्रै बुधबार सांसदहरुबीच कुटाकुट भएको छ । प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि टर्कीकाे संसद रणभूमी बनेकाे हाे ।

    एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको भन्दै ती सांसदले आलोचना गरेका थिए । त्यसपछि सुरु भएको झगडामा एक दर्जनभन्दा बढी सांसदहरु संलग्न भएका थिए । जारी भएको भिडियो फुटेजमा सांसदहरु टेबलको माथि चढेर एकअर्कामाथि मुक्का बर्साइरहेको देखिन्छ । झडपका क्रममा केही सांसद भुइँमा नै लड्न पुगेका थिए ।

    प्रतिपक्षी दल रिपब्लिकन पिपल्स पार्टी ९सीएचपी० का सांसद एन्जिन ओज्ककले गत हप्ता सिरियाको इडलिबमा मारिएका टर्कीका सैनिकको राष्ट्रपतिले अपमान गरेको बताएका थिए । ओज्ककले एर्डोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए ।

    उनले राष्ट्रपतिमाथि टर्कीका जनताका छोराछोरीलाई युद्धमा भाग लिन बाध्य बनाएको र आफ्नो सन्तानलाई सैन्य सेवाबाट बचाएको पनि आरोप लगाए ।

    यसअघि, एर्डोगानले सिरियामा टर्की सेनाको सहभागितालाई लिएर विपक्षी दलले प्रश्न उठाएको भन्दै त्यसको आलोचना गरेका थिए ।

    सिरियामा गरिएको पछिल्लो सैन्य कारवाहीमा टर्कीका ५९ सेनाले ज्यान गुमाइसकेका छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast