आईतवार, चैत्र २३, २०७६
    बिदेश

    कोरोनाभाइरका कारण इरानमा ९२ र इटालीमा ७९ जनाको ज्यान गयो

    बुधबार, २१ फागुन २०७६, आहाखबर

    काठमाडौं, २१ फागुन

    कोरोनाभाइरसका कारण इरानमा ९२ जनाको ज्यान गएको छ। यस्तै युरोपेली राष्ट्र इटालीमा ७९ जनाको ज्यान गएको छ।

    कोरोनाको संक्रमणबाट इरान र इटालीमा चीनपछि सबैभन्दा बढी मानिसको ज्यान गएको हो।

    हाल इरानमा २३ सय ३६ संक्रमित छन् भने इटालीमा २२ सय ६३ जना संक्रमित छन्।

    चीनपछि सबैभन्दा बढी कोरोनाग्रस्त मूलुक दक्षिण कोरिया हो। त्यहाँ कोरोनाबाट संक्रमितको संख्या ५६ सय २१ पुगेको छ। मृतको संख्या ३२ पुगेको छ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म विश्वमा ९३ हजार २३७ कोरोनाबाट संक्रमित भएका छन्।

    ३२ सय १८ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्।

    चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।

    कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast