सोमबार, जेष्ठ १२, २०७७
    लाइफस्टाइल

    अपरान्हपछि चट्याङ र मेघ गर्जनसहित वर्षाको सम्भावना

    बुधबार, २१ फागुन २०७६, आहाखबर

    काठमाडौं, २१ फागुन । बुधबार अपरान्ह्पछि चट्याङ, मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जनसहित चट्याङकाे सम्भावना रहेकाेले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ ।

    बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम समान्यतया सफा रहने तर अपरान्हपछि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै राती देशका पहाडी भू–भागमा आशिंक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने । पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जानकारीमा उल्लेख छ ।

    मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टालाई चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast