शुक्रबार, आषाढ २६, २०७७
    आर्थिक खबर

    बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

    बुधबार, २१ फागुन २०७६, आहाखबर

    काठमाडौं, २१ फागुन । कोरोना भानइरसकाे संक्रमणले प्रभावित बनेकाे विश्व अर्थतन्त्र प्रत्यक्ष असर सुनमा देखिँदा यसको मूल्यमा तीव्र उतारचढाव आएकाे छ । 

    बुधबार नेपाली बजारमा छापावाल सुन एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५ सय रुपैयाँ कायम भएकाे छ । मंगलबार भने छापावाला सुन ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन पनि २२ सय रुपैयाँ प्रतितोलामा बढेर कारोबार भइरहेको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ८० हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार तेजावी सुन ७८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 

    बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार भने चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast