शनिबार, आषाढ २७, २०७७
    कला-सौन्दर्य

    ३० मिलियन छन् सलमान खानका इन्स्टाग्राम फलोअर्स

    मंगलवार, २० फागुन २०७६, आहाखबर

    मुम्बई, २० फागुन । बलिउड सुपरस्टार सलमान खान सदाबहार नायक हुन् । उनी पछिल्लाे पुस्ताका पनि प्रमुख राेजाइ बनेका छन् ।

    सलमान खान सामाजिक सञ्जालमा पनि निकै चचिर्त छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका ३ करोड '३० मिलियन' फलोअर्स पुगेका छन् ।

    उनलाई मन पराउनेको संख्या ३० मिलियन पुगेपछि उनले सामाजिक सञ्जालमा धन्यवाद दिँदै फलोअर्सका लागि एउटा भिडियो बनाएर सेयर गरेका छन् ।

    सलमानले आफ्नो इन्स्टाग्राममा बुम्रयाङ भिडियो सेयर गर्दै लेखेका छन्, ‘उई मा ३ करोड १ सबैलाई धन्यवाद ! ’

    सुपरस्टार खान यतिबेला ‘राधेः युअर मोस्ट वान्टेड भाइ’ को शुटिङमा व्यस्त छन् ।  यो फिल्मको शुटिङ यही मार्च १० मा सकिने स्रोतले बताएको छ । यसमा सलमान खान र दिशा पटानी मुख्य भूमिकामा हरेका छन् । फिल्म मे २२ मा रिलीज हुनेछ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast