आईतवार, चैत्र १६, २०७६
    बिदेश

    सामाजकि सञ्जालको प्रयोग नगर्ने मुडमा नरेन्द्र मोदी

    मंगलवार, २० फागुन २०७६, आहाखबर

    नयाँ दिल्ली, २० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब सामाजिक सञ्जालकाे प्रयाेग नगर्ने मनासय बनाएका छन् । उनले सोसल मिडिया छोड्दिऊँ कि भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि अहिले चर्चाको विषय बनेको हाे।

    सोमबार राति प्रधानमन्त्री मोदीले ट्विट गर्दै भने, “सोच्दैछु कि फेसबुक, ट्विटर, इन्स्टाग्राम र युट्युवमा रहेका आफ्ना अकाउन्ट छोड्दिऊँ कि !”

    ट्विटरमा मोदीका फलोअर पाँच करोड ३३ लाखभन्दा बढी छन् भने फेसबुकमा चारकरोड ४७ लाखभन्दा बढीले फलो गरेका छन् ।

    इन्स्टाग्राममा मोदीलाई तीनकरोड ५२ लाखले फलो गरेका छन् । मोदीको लोकप्रियता युट्युवमा पनि कम नभएको बीबीसीले उल्लेख गरेको छ । चार करोड ५१ लाखले युट्युव सब्सक्राइब गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast