मंगलवार, चैत्र २५, २०७६
    बैंक-बीमा

    राष्ट्र बैंकले ल्यायो घर कर्जा सम्बन्धी खुकुलो नीति, कुल आम्दानीको ६० प्रतिशतसम्म कर्जा दिने

    मंगलवार, २० फागुन २०७६, आहाखबर

    काठमाडौं, २० फागुन । राष्ट्र बैंकले पहिलो पटक घर निर्माण तथा खरिद गर्नेका लागि  खुकुलो नीति लिएको छ ।

    सोमबार चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले आवासीय कर्जा भुक्तानी अनुपात बढाएको हो । राष्ट्र बैंकले पहिलो पटक घर किन्न कर्जा लिन चाहने ग्राकहलाई आफ्नो कुल आम्दानीको ६० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको छ ।

    यसअघि ५० प्रतिशतमात्र यस्तो कर्जा दिने व्यवस्था थियो । राष्ट्र बैंकले यस अघि घर कर्जामा कस्दा कर्जा लिएर घर निर्माण तथा खदिर गर्ने ग्राहकलाई अप्ठ्यारो परेको थियो ।

    अब भने ग्राहकको मासिक १ लाख कमाइ छ भने उसको ६० हजारसम्म कर्जा लिन पाउने व्यवस्था भएको छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast