आईतवार, चैत्र २३, २०७६
    बिदेश

    कोरोना : चीनमा भन्दा दक्षिण कोरिया र इरानमा तीव्र गतिमा फैलिँदै

    सोमबार, १९ फागुन २०७६, आहाखबर

    काठमाडौं, १९ फागुन

    हुवे प्रान्तबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको नयाँ केस देखिने दर चीनमा भन्दा दक्षिण कोरिया र इरानमा बढी छ । दक्षिण कोरियामा ५९९ र इरानमा ५२३ जनामा कोरोनाको नयाँ केस देखिएको छ ।

    जबकी पछिल्लो पटक चीनमा २०२ जनामा यो संकेत देखिएको हो ।

    दक्षिण कोरियामा सोमबार अपरान्हसम्म ४ हजार ३३५ जनामा कोभिड–१९ को संकेत देखिएको छ । दक्षिण कोरिया चीनपछि सबैभन्दा बढी यो भाइरस संक्रमित देश बन्न पुगेको छ ।

    दक्षिण कोरियामा अहिलेसम्म २६ जनाको ज्यान गइसकेको छ । २७ जना बिरामी गम्भीर छन् । ३० जनाले भने स्वास्थ्य लाभ गरिसकेका छन् ।

    इरानमा १ हजार ५०१ जनामा यो भाइरसको संकेत देखिएको छ भने ६६ जनाको मृत्यु भइसकेको छ ।

    ७० देशका ९० हजारमा कोरोना

    चीन, दक्षिण कोरिया र इरानमा गरेर कुल १ हजार ३९१ नयाँ केस देखिएको हो । गत डिसेम्बरबाट ७० देशमा फैलिएको कोरानाको संकेत कुल ९० हजारमा देखिएको छ । जसमध्ये ८० हजार भन्दा बढी चीनका छन् ।

    यसको संकेत देखा परेका मध्ये आधा भन्दा बढी अर्थात करिब ४६ हजार जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । ७ हजार ३७५ जना भने गम्भीर छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast