मंगलवार, चैत्र २५, २०७६
    कला-सौन्दर्य

    कोरोना संक्रमित भएको हल्ला चलेपछि ज्याकीले भने, ‘म सुरक्षित छु’

    सोमबार, १९ फागुन २०७६, आहाखबर

    काठमाडौं, १९ फागुन

    मार्सल कलाकार ज्याकी च्यान काेरोना भाइरसबाट संक्रमित भएको आशंका गरिएको छ।  यो विषयले सामाजिक सञ्जालमा तरंगित भएको छ। उनका फ्यानहरुले निकै चासो देखाएका छन्। 

    तर चर्चित अभिनेता च्यानले आफू कोरोना संक्रमित नभएको बताएका छन्। समाजिक सञ्जालमा फैलिएको अफवाहपछि नलाग्न उनले आफ्ना फ्यानहरुलाई आग्रह समेत गरेका छन् । 
    उनले भनेका छन् ‘मेरो सबै फ्यानलाई म प्रति देखाएको मायाको लागि धन्यावाद ज्ञापन गर्दछु। म स्वस्थ छु र मलाई कुनै क्वारेन्टाइनमा पनि राखिएको छैन् ।’

    ‘विश्वका मेरा फ्यानहरुले मेरो स्वास्थ्य अवस्थाबारे बुझ्न चाहेका छन् । उनले भनेका छन, ‘म सुरक्षित छु, तपाईहरु सबै सुरक्षित हुनुहुन्छ भन्ने आशा राखेको छु । ’
    ६५ वर्षिय मार्शल कलाकार च्यान हङकङमा जन्मेका हुन्। जँहा कोरोना भाइरसकै कारण १ को मृत्यु र ९० जना संक्रमित भएको पुष्टि भएको छ ।

    ‘कोरोना भाइरसलाई जित्न विज्ञान र प्रविधि महत्वपूर्ण छ । र मलाई विश्वास छ कि धेरै मानिसहरुले यही सोच्छन् । आशा छ कि छिट्टै भाइरसबाट बच्ने औषधि पत्ता लाग्नेछ । कुनै पनि व्यक्ति वा संस्थाले कोरोना भाइरसको औषधि बनाउँछ भने म उनलाई १ मिलियन युआन सहित धन्यावाद दिन चाहन्छु, उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । 

    भाइरसका संक्रमणका कारण विश्वभरी मृत्यु हुनेको संख्या ३ हजार ४८ पुगेको छ । विश्वभरी झन्डै ९० हजारमा संक्रमण भएको पुष्टि भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast