आईतवार, चैत्र १६, २०७६
    बिदेश

    दिल्ली हिंसामा मर्नेको संख्या ४६ पुग्यो, नहरमा भेटिए ४ शव

    सोमबार, १९ फागुन २०७६, आहाखबर

    नयाँ दिल्ली, १९ फागुन । भारतकाे राजधानी नयाँ दिल्लीमा केहि दिनदेखि लगातार हिंसा फैलिएकाे छ । भारतीय प्रहरीले आइतबार पनि दुई नहरबाट चारवटा शव बरामद गरेको छ ।

    मृतकको पहिचान हुन सकेको छैन । यससँगै हिंसामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । यससँगै २ सय बढी घाइते भएका छन् । पुलिसले आइतबार कुनै पनि हिंस्रक घटना सार्वजनिक नभएको बताएको छ ।

    यद्यपि, दिल्लीका थुप्रै इलाकामा आइतबार बेलुकी स्थिती तनावग्रस्त भएको अपुष्ट  खबर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरुबीच भागदौड मच्चिएको छ ।

    यतिबेला बटाला हाउस इलाकामा शाह मस्जिद नजिकै भएको भागदौडमा २८ वर्षका एक व्यक्तिको मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ । यद्यपि, एएसआई अशोक कुमारले भागदौडका कारण ती युवकको मृत्यु नभएको बताएका छन् ।

    उनले भने, ‘ती व्यक्तिले सडकमा अपरिचित व्यक्तिलाई भेटेकाम थिए । मानिसहरुले उनलाई अस्पताल पुर्‍याए । भागदौडका कारण मृत्यु भएको भन्दै हाम्रोमा केही जानकारी नै आएको छैन । अनुसन्धान भइरहेको छ ।’

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast