आईतवार, चैत्र २३, २०७६
    आर्थिक खबर

    प्रतितोला १२ सय रूपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो आज ?

    आईतवार, १८ फागुन २०७६, आहाखबर

    काठमाडौं, १८ फागुन । आइतबार नेपाली बजारमा पनि सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो ।

    शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २ सय रुपैयाँ थियो ।

    छापावाल सुनको मूल्य घटेसँगै तेजाबी सुनको मूल्य पनि घटेको छ । तेजाबी सुन शुक्रबारको मूल्यभन्दा प्रतितोला १२ सय रुपैयाँले नै घटेर प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुनको मूल्य घट्दा आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast