मंगलवार, चैत्र १८, २०७६
    खेल संसार

    हङकङद्वारा नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत

    आईतवार, १८ फागुन २०७६, आहाखबर

    काठमाडौं, १८ फागुन । एसीसी इस्टर्न रिजन टी २० अन्तर्गत आजको खेलमा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

    बैंककस्थित टेर्डथाई क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

    हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे ।

    नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए। ४ ओभरमा सन्दीपले २५ र सुशनले ३७ रन खर्चिए । यस्तै कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।

    यसअघि नेपाल मलेसिया्विरुद्ध २२ रनले पराजित भएको थियो । त्यसैले आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast