सोमबार, जेष्ठ १२, २०७७
    आर्थिक खबर

    कोरोनाका कारण विश्व बजारमा घट्याे कच्चा तेलको मुल्य

    शनिबार, १७ फागुन २०७६, आहाखबर

    काठमाडाैं,१७ फागुन। चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्व बजारमा कच्चा तेलको मुल्यमा असर परेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल क्रुड आयलको मुल्य ३० प्रतिशतले घटेको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गरेका छन् । 

    हाल कच्चा तेलको मुल्य अन्तर्राष्ट्रिय बजारमा ५० डलर प्रति व्यारेल रहेकोमा यो अझ ४५ डलर प्रति व्यारेलसम्म झर्न सक्ने विश्लेषण आउन थालेको छ । हालको यो मुल्य सन् २०१८को डिसेम्बर महिनाको मुल्यभन्दा पनि तल आएको हो ।

    नेपालमा सरकारले पेट्रोलिय पदार्थमा कर बढाएको विरोध भइरहेको बेलामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य कम हुनु सरकारका लागि भने सकारात्मक नै होला । विदेशी समाचार एजेन्सी आईएएनएसका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्टरकन्टिनेन्टल एक्स्चेञ्ज तथा आईसीईमा ब्रेट क्रुड आयलको मुल्य जनवरी २०२० मा ७१.७५  डलर प्रति व्यारेल पुगेको थियो । 

    गएको एकहप्तामा ब्रेट क्रुड आयलको मुल्य २१.७९ डलर अर्थात ३०.२८ प्रतिशतसम्म झरेको छ । अन्तराष्ट्रियमा देखिएको कच्चा तेलको मुल्यको असर भारतीय बजारमा पनि देखिन थालेको छ । भारतीय बजारमा ३ प्रतिशतसम्म कच्चा तेलको मुल्यमा गिरावाट आएको भारती सञ्चारमाध्यमले समाचारमा लेखेका छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast