मंगलवार, चैत्र २५, २०७६
    सार्क

    दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या ३५ पुग्यो, मुस्लिम समुदाय त्रासमा

    बिहिवार, १५ फागुन २०७६, आहाखबर

    एजेन्सी, १५ फागुन

    भारतको उत्तर–पूर्वी दिल्लीमा भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ।

    विभिन्न अस्पतालहरुमा दुई सयभन्दा बढीको उपचार भइरहेको बताइएकाे छ। जसमध्य केही व्यक्तिहरु गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    बुधबार राति हिंसाका ठूला घटना नभएपनि केहीस्थानमा भाजपा समर्थकहरुले मुस्लिम समुदायका मानिसहरुलाई निसाना बनाएका छन्।  मुस्लिम समुदायका घरमा आगजनीसमेत भएको छ।

    सरकार समर्थकहरुले रिपोर्टिङमा रहेका पत्रकारहरुलाई समेत धर्मको बारेका सोधेर धम्क्याएकाे समाचारहरु सार्वजनिक भएका थिए। वर्षाैदेखि मिलेर बसेका नागरिकलाई भाजपाले धर्मकाे नाममा विभाजित गरेर हि‌ंसा भड्काएकाे भन्दै माेदी सरकारकाे आलाेचना भइरहेकाे छ।

    दिल्लीमा भड्कीएको हिंसामा मोदी नेतृत्वको भाजपा सरकार र दिल्ली प्रहरीको भूमिकाको चौतर्फी आलोचना भएकाे छ।

    यसैबीच सरकार र दिल्ली प्रहरीको भूमिकामाथि प्रश्न उठाउने दिल्ली हाइकोर्टका न्यायाधिश एस मुरलिधरको रातारात सरुवा गरिएपछि प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेसले सरकारको चर्को आलोचना गरेको छ।

    न्यायाधिश मुरलीधरले बुधबार एक रिटमाथि सुनुवाई गर्दै हिंसा भड्काउने खालका अभिव्यक्ति दिने भाजपा नेताहरुमाथि मुद्दा चलाउन ढलाई गरेको भन्दै दिल्ली प्रहरीको आलोचना गरेका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast