शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    ओलीसहित सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न बाबुराम भट्टराईकाे माग

    बिहिवार, १५ फागुन २०७६, आहाखबर

    काठमाडाैं, १५ फागुन। समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभामा बोल्दै डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

    उनले प्रश्न गर्दै भने, ‘गाउँमा सानो झुप्रो भएकाहरूले कसरी काठमाडौंमा महल बनाए ? मलगायत हामी सबै हिजो त साथीहरूले दिएको लुगा लगाएर, चप्पल लगाएर हिँडेका थियौं। आज हामी कसरी सुटेडबुटेड भएका छौं ? कसरी चिल्ला कार चढेर हिँडिरहेका छौं ? कसरी हाम्रा महल छन् ?’

    प्रधानमन्त्रीको तेह्रथुमको बुकुरोभन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको बताउँदै डा.भट्टराईले त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरू अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं भन्ने प्रश्न गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast