शुक्रबार, आषाढ २६, २०७७
    खेल संसार

    टेनिस सुन्दरी सारापोभाले गरिन् सन्यासको घोषणा

    बुधबार, १४ फागुन २०७६, आहाखबर

    काठमाडौँ, १४ फागुन

    टेनिस स्टार मारिया सारापोभाले सन्यास लिएकी छन् । आफ्नो क्यारियरमा पाँच ग्राण्ड सलाम जितेकी रसियन टेनिस सुन्दरी सारापोभाले बुधबार सन्यासको घोषणा गरेकी हुन् ।

    सारापोभाले केवल १७ बर्षको उमेरमा २००४ मा विम्बलडन जितेकी थिइन् । ३२ बर्षिय सारापोभा २०१६ मा ड्रग्स प्रयोग गरेको भन्दै १५ महिनाको प्रतिबन्धमा परेपछि २०१७ को अप्रिलमा टेनिसमा फर्किएकी थिइन् ।

    टेनिसमा पुनरागमनपछि उनी ग्राण्ड स्लामको क्वाटरफाइनलसम्म मात्र पुगेकी थिइन् भने उनी विश्व वरियतामा २१ नम्बरसम्म पुगेकी थिइन् ।

    सन्यासको घोषणा गर्दै उनले भनिन् – मैले टेनिसलाई छोड्ने निर्णय गरे मलाई माफ गर टेनिस ।'

    सारापोभाले २००४ मा विम्बलडन फाइनलमा सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्राण्ड स्लाम जितेकी थिइन् भने २००६ मा जस्टिन हेनिनलाई पराजित गर्दै युएस ओपन जितेकी थिइन् ।

    त्यस्तै २००८ मा अना कोभितोभालाई पराजित गर्दै अस्ट्रेलियन ओपन जितेकी थिइन् भने २०१२ मा सारा एरानीलाई र २०१४ मा सिमोना हलेपलाई पराजित गर्दै दुई पटक फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast