मंगलवार, चैत्र २५, २०७६
    सार्क

    दिल्लीमा हिन्दु–मुस्लिमबीच हिंसात्मक झडप, मर्नेको संख्या २१ पुग्यो

    बुधबार, १४ फागुन २०७६, आहाखबर

    काठमाडौं, फागुन १४

    भारतको राजधानी नयाँदिल्लीको उत्तर–पूर्वी क्षेत्रमा तेस्रो रात पनि हिंसात्मक समूहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् ।

    दिल्लीमा दशकौंपछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २१ जनाको मृत्यु भएको छ ।

    मारिनेहरूमा हिन्दु र मुस्लिम दुवै समुदायका मानिसहरू छन् ।

    १८९ जना घाइतेको दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    घाइतेमध्ये केहीलाई गोली लागेको र केहीको शरीरमा चक्कुको घाउ रहेको अस्पतालले जनाएको छ ।

    गएको आइतबार नारिकतासम्बन्धी नयाँ विवादास्पद कानुनको पक्षधर र विरोधीहरुबीच पहिलोपटक झडप भएको थियो ।

    तर, अहिले आएर हिंसाले हिन्दु र मुस्लिम समुदायबीच साम्प्रदायिक दंगाको रुप लिन थालेकोजस्तो देखिएको छ ।

    मुस्लिम बाहुल्य क्षेत्र मजुपुर, मुस्ताफाबाद, जाफ्रबादमा हिंसा चर्किएको हो । हिंसाका क्रममा धार्मिक आस्थाका आधारमा निशाना बनाइएको छ ।

    शान्त रहन आह्वान

    हिंसा भड्किएको तीन दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ट्वीटरमार्फत् शान्त रहन आह्वान गर्दै शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउन काम भइरहेको बताएका छन् ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अवस्था गम्भीर रहेको भन्दै सेना परिचालन गर्न माग गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast