शुक्रबार, चैत्र २१, २०७६
    स्वास्थ्य

    चीनसहित ३४ मुलुकमा फैलियो कोरोना भाइरस

    बुधबार, १४ फागुन २०७६, आहाखबर

    काठमाडौं, १४ फागुन

    चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ विश्वभर चीनसहित ३४ मुलुकमा फैलिइसकेको छ । 

    मंगलबारसम्म विश्वभर कोरोनाबाट ८० हजार २३९ संक्रमित भएका छन् । चीनमा मात्र ७७ हजार ७८० संक्रमित भएका छन् । त्यसैगरी विश्वभर मृत्यु हुनेको संख्या २६ सय ६६ पुगिसकेको छ । 

    चीनपछि कोरोनाबाट बढी प्रभावित मुलुक दक्षिण कोरिया हो । दक्षिण कोरियामा मंगलबार रातिसम्म ११ सयभन्दा बढी संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी जापानमा १५७ जना संक्रमित बनेका छन् । सिंगापुरमा सय जना संक्रमित छन् । 

    त्यसैगरी अस्ट्रेलिया, मलेसिया, भियतनाम, फिलिपिन्स, कम्बोडिया, थाइल्यान्ड, भारत, नेपाल, श्रीलंका, अमेरिका, क्यानडा, इटाली, जर्मनी, फ्रान्स, बेलायत, इजराइल, रुस, स्पेन, बेल्जियम, फिनल्यान्ड, स्विडेन, इरान, युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत, ओमान, अफगानिस्तान, इजिप्ट, इराक र लेबनानमा कोरोनाको संक्रमण फैलिएको छ । 

    युरोपमा इटालीबाट कोरोनाको संक्रमण फैलिएको बताइएको छ । युरोपियन मुलुकहरुले आफ्ना लागि इटाली कोरोना इपिसेन्टर बनेको बताएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast