शुक्रबार, चैत्र २१, २०७६
    लाइफस्टाइल

    यस्ताे छ आजकाे मौसम पूर्वानुमान, बर्षा र हिमपातको सम्भावना

    बुधबार, १४ फागुन २०७६, आहाखबर

    काठमाडौं,१४ फागुन। पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले पनि मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यो क्रम आज दिनभर नै रहनेछ ।

    महाशाखाका अनुसार आज देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

    भोली विहिबारदेखि भने मौसम क्रमिक रुपमा खुल्ने महाशाखाले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast