मंगलवार, चैत्र १८, २०७६
    खेल संसार

    एशिया -११ काे टाेलीमा सन्दीप लामिछाने पनि

    मंगलवार, १३ फागुन २०७६, आहाखबर

    काठमाण्डाै, १२ फागुन

    नेपाली खेलाडी सन्दीप लामिछाने एशिया ११ को टिममा परेका छन् ।

    विश्व ११ विरुद्धको टी २० सिरिजका लागि बनाइएको एशिया ११ को टिममा नेपाली खेलाडी सन्दीप परेका हुन् । एशियाली देशका खेलाडी समावेश गरिएको एशिया ११ टिममा भारतबाट केएल राहुल, शिखर धवन, रिशभ पन्त, मोहम्मद सामी, कुलदिप यादव र विराट कोहली रहेका छन्।

    यस्तै बाँकी खेलाडीमा तमिम इकबाल, लिटन दाश, मुस्फिकुर रहिम, थिसारा पेरेरा, राशिद खान, मुस्तफिजुर रहमान, लासिथ मालिंगा, मुजिब उर रहमान र सन्दीप लामिछाने छन् ।

    यस टिमका कप्तानी विराट कोहली वा के एल राहुल मध्ये एकले गर्नेछन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast