आईतवार, आषाढ २१, २०७७
    राज्य-समाज

    सानेपा हत्याकाण्डको निष्कर्ष: जबर्जस्ती प्रयास भएको छैन, हत्याको कारण भने खुलेन

    सोमबार, १२ फागुन २०७६, आहाखबर

    काठमाडौँ, १२ फागुन

    ललितपुरको सानेपा हत्या प्रकरणमा प्रहरीले अनुसन्धान सकिएको जनाएको छ।

    घटनाको अनुसन्धान गरिरहेको ललितपुर प्रहरी परिसर  घरेलु कामदार विजय चौधरीले पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्यापछि आत्महत्या  गरेको निष्कर्षमा पुगेको छ।

    ‘कामदारबाटै हत्या भएको स्पष्ट छ। कामदारले पनि आत्महत्या गरिसकेकाले अबमा यसमा थप अनुसन्धानको आवश्यकता देखिँदैन’, ललितपुर प्रहरीले स्रोतले भने। प्रहरीले भवितव्य ज्यानमा अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ।

    गत माघ २७ गते बिहान पूर्व सचिव कार्कीको घरमा मुनाको शव किचनमा र घरेलु कामदार झुन्डिरहेको अवस्थामा फेला भएका थिए। बिहानै घरबाट निस्किएका अर्जुनले बिहान पशुपति दर्शन गरेर ११ बजेर २० मिनेटमा घर आइपुग्दा मुना रक्ताम्य अवस्थामा भुईँमा लडिरहेकी थिइन् भने विजय झुन्डिएको अवस्थामा थिए। घटनापछि मृतक दुवैका आफन्तले निष्पक्ष छानबिनको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए।

    प्रहरीले घरमा जडान भएको सिसिटिभी फुटेजलाई केलाउँदा विजयले किचनमा काम गरिरहेकी मुनालाई पछाडिबाट घाँटी च्यापेर लडाई हिर्काएको देखिएको थियो। १० बजेर १० मिनेटमा विजयले पहिलोपटक मुनालाई आक्रमण गरेकामा विजय ११ बजेर ८ मिनेटसम्म घरभित्रै यताउती गरिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो।

    ‘निकै आक्रोशित भएर विजयले मुनालाई हिर्काएको देखिन्छ। तर हत्या किन गरे भन्नेबारे अनुसन्धानबाट केही खुल्न सकेन’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्। मृतक मुनाका दुई छोरी र एक छोरा छन्। दुवै छोरी विदेशमा रहेकाले त्यस घरमा अर्जुन, मुना, ८ वर्षीय छोरा र विजय मात्र बस्दै आएका थिए। दाङ घर भएका विजय ६/७ वर्षयता कार्कीको घरमा बस्दै आएका थिए, घरेलु कामदारका रुपमा।

    घटनापछि विजयको अन्डरवेयरमा विर्य र रगत भेटिएको तथा मुनालाई महिनावारीसमेत भएको भन्दै जबर्जस्ती करणीको प्रयास भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएपनि त्यस्तो केही नभएको प्रहरीको निष्कर्ष छ।

    ‘जबर्जस्ती करणी भएको भन्ने हल्ला गलत हो। आत्महत्यामा विर्य निस्कनु स्वभाविक हुन्छ। मुनालाई ढालेपछि विजयको शरिरमा रगत देखिन्छ जुन अन्डरवेयरमा पनि लागेको हुन सक्छ। मुनाको मासिक श्राव चलिरहेको साँचो हो। उनले प्याड लगाएको देखिन्छ’, ललितपुर प्रहरी स्रोतले भन्यो। प्रहरीले विजयको मोबाइल जाँच भएपनि त्यसमा केही नभेटिएको जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast