सोमबार, आषाढ २२, २०७७
    मुभी-थिएटर

    बलिउड

    विक्की कौशलको भूत हेर्दा कति डर लाग्छ ?

    सोमबार, १२ फागुन २०७६, आहाखबर

    काठमाडौँ, १२ फागुन

    आज भन्दा करिब १७ वर्ष पहिला रिलिज भएको राम गोपाल वर्माको भुत भारतीय चलचित्र रजतपटको अविस्मरणीय चलचित्रमा पर्दछ ।

    त्यसैले वर्षौ पछि धर्मा जस्तो ठुलो प्रोडक्शन हाउस र विकी कौशल जस्तो कुशल कलाकरसंग उस्तै शिर्षकमा “भुत” लिएर दर्शक सामु आएका छन् । जसले गर्दा दर्शकलाई सामान्य रुपमा नयाँ अनुभव हुने आशा हुन्छ तर पहिलो पटक निर्देशक बनेका भानु प्रताप सिंहले आफ्नो डेब्यू फिल्मको माध्यमबाट केहि नयाँ प्रस्तुत गर्न सकेका छैनन् ।

    ढुवानी अधिकारी पृथ्वी (विकी कौशल) आफ्नो व्यक्तिगत  जीवनमा एक्लोपन र मानसिक चिन्ताबाट माथि उठ्ने प्रयास गर्दै हुन्छन् । तब उसलाई समुन्द्र किनारमा एक ठुलो जहाज कुनै क्रूज मेम्बर बिना आफै त्यहाँ पुगेको खबर आउछ । पृथ्वीका मालिकको रिटायरमेन्टको समय भएको हुन्छ र छिट्टै उक्त जहाजबाट छुटकारा पाउन चाहन्छन् ।

    जब उनि त्यस जहाजको अनुसन्धान गर्दै हुन्छन् र अचानक पृथ्वीलाई  जहाजमा अच्चम्मको अनुभव हुन्छ । सोहि समय पृथ्वीलाई डर लाग्छ,  त्यस डरलाग्दो अनुभवले उनलाई घर गर्छ र सताउन थाल्छ । पृथ्वीले सी बर्ड नामको उक्त जहाज लामो समयदेखि हन्टेड भएको थाहा पाउछन्  । 

    उसलाई जहाजमा कुनै आत्मा भएको अनुभव हुन्छ । उनि जब त्यस भुत भएको जहाजको अनुसन्धान गर्छन् तब  थुप्रै रहस्य अगाडी आउछ , जसले निकै डरलाग्दो सत्यलाई बाहिर ल्याउछ । उक्त अनुसन्धानमा पृथ्वीलाई आफ्नो व्यक्तिगत जीवनको दुखद क्षण पनि सम्झना हुन्छ ।

    निर्देशक भानु प्रताप सिंहको यस फिल्म वास्तविक घटनामा आधारित छ, वर्षौ पहिला एक विशाल पानीजहाज कुनै मानिस नभएको र समुन्द्र किनारमा तरिरहेको अवास्थामा भेटिएको थियो ।

    चलचित्रको पहिलो डराउने झलक दर्शकलाई डरले चिच्याउन बाध्य बनाउछ तर जब चलचित्र अगाडी बढ्दै जान्छ तब डरको वातावरणलाई कायम राख्न असफल हुन्छ ।

    विकी कौशलको व्यक्तिगत जीवनको पक्षहरु आमिर खानको  ‘तलाश’ को याद दिन्छ । चलचित्रको केही दृश्य खुब डरलाग्दो छ तर त्यसमा नवीनताको अभाव छ । 

    छत र भित्तामा माउसुली जस्तै हिड्ने वोक्सी त सबैले पहिला नै देखिसकेका छन् । भुतको मेकअप डरलाग्दोको सट्टामा हाँसउठ्दो देखिएको छ । ब्याकग्राउन्ड संगीत पनि डरलाई बढाउन राम्रो सहयोग दिएको छ तर कमजोर स्क्रीन प्लेको कारण कतिपय दृश्य दोहोराएको अनुभव हुन्छ ।

    हरर फिल्मलाई सशक्त बनाउनको लागि प्रयोग गरिएको कम्प्यूटर ग्राफिक्स पर्याप्त छैन । दोश्रो अध्यायमा कथा चकनाचूर भएर अल्मलिन्छ र क्लाईम्याक्समा  ‘हिम क्लीम चामुणडाय’  मन्त्रको कारण यो टिपिकल हरर फिल्म बनेको छ । भुत भएको कारण पनि विश्वसनीय बन्न सक्दैन । फिल्मको अन्तिममा निर्देशकले भाग दुई बनाउने संकेत पनि दिएका छन्।

    अपराध बोध र  मानसिक चिन्ताबाट ग्रसित पृथ्वीको पात्रलाई विकी कौशलले राम्रो संग निभाएका छन् । डर र अचम्मको दृश्यमा पनि उनले राम्रो अभिनय गरेका छन् । अतिथि कलाकरको रूपमा भुमी स्मरणीय छिन् भने आशुतोष राणा जस्तो सशक्त अभिनेताको भूमिका सही तरिकाले विकसित गरिएको छैन । सहयोगी कास्ट ठीक-ठाक रहेका छन् । हन्टेड फिल्म मनपर्ने दर्शकलाई यस चलचित्र राम्रो लाग्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast