मंगलवार, चैत्र २५, २०७६
    लाइफस्टाइल

    मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    सोमबार, १२ फागुन २०७६, आहाखबर

    काठमाडाैं, १२ फागुन। मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान सूचना जारी गरेको छ । महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

     महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

    पूर्वानुमानका अनुसार देशभर दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। 

    देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति देशको मध्य तथा पुर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागमा आंसिक बदली रहनेछ। 

    मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

    देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast