बिहिवार, जेष्ठ १५, २०७७
    खेल संसार

    हजार्ड फेरी घाइते, बाँकी सिजननै खेल्न नसक्ने आशंका

    आईतवार, ११ फागुन २०७६, आहाखबर

    काठमाडौँ, ११ फागुन

    रियल म्याड्रिडका स्टार फुटबलर इडेन हजार्ड इन्जुरीका कारण फेरी मैदान बाहिर भएका छन् ।

    गएराती ला लिगा अन्तर्गतको लेभान्टेविरुद्धको खेलमा घाइते भएका हजार्डले दोस्रो हाफको ६७औ मिनेटमा मैदान छोडेका थिए ।

    रियलले हजार्डको एन्कलमा फ्र्याक्चार भएको जानकारी दिएको छ । तर रियलले हजार्ड कहिले मैदानमा फर्किछन् भन्ने बारेमा भने केहि भनेको छैन ।

    यस प्रकारको इन्जुरीमा खेलाडी ३ देखि चार महिनासम्म बाहिर हुनसक्ने बताइएकोले हजार्डको इन्जुरीले रियल म्याड्रिडलाई ठुलो धक्का लागेको बुझिएको छ । 

    ला लिगामा बार्सिलोनासँग कडा प्रतिशापर्धा भैरहेको अवस्थामा प्रमुख खेलाडी नै घाइते हुदा रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानको समस्या बढेको छ ।

    हजार्डले यस सिजनमा केवल ला लिगाका १० खेल मात्र खेलेका छन् ।

    यस सिजनको शुरुवातमा नै प्रिमियर लिग क्लब चेल्सीबाट रियल म्याड्रिड गएका हजार्डले रियलका लागि अहिलेसम्म केवल १५ खेल खेलेर एक गोल मात्र गरेका छन् ।

    हजार्डको यो इन्जुरीले रियल म्याड्रिडको सिजन नै संकटमा परेको टिप्पणी हुन थालेको छ भने उनी जुनमा हुने युरो कप समेत खेल्न सक्न्ने नसक्ने भन्ने अन्योल बढेको छ । रियलले यसै साता च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीको सामना गर्दै छ भने मार्च २ मा एल क्लासिको समेत खेल्दै छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast