मंगलवार, चैत्र १८, २०७६
    लाइफस्टाइल

    आज पनि हल्का बर्षा र हिमपातकाे सम्भावना

    शनिबार, १० फागुन २०७६, आहाखबर

    काठमाडौं १० फागुन।  पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले पनि पूर्वी तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

    ‘देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका केही स्थान र पश्चिमी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    त्यस्तै पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातको समयमा केही स्थानमा आँशिक बदली रहेपनि अधिकांश स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

    आइतबार र सोमबार मेघ गर्जन/चट्याङसहित हल्का बर्षाको आंकलन गरिएको महाशाखाको पूर्वानुमानमा उल्लेख छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast