शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालय, वसन्त नेम्वाङलाई सहरी विकास

    बिहिवार, ८ फागुन २०७६, आहाखबर

    काठमाडौं, ७ फागुन

    अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो जिम्मेवारी दिएका हुन् ।

    यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    गोकुल बाँस्कोटाले नैतिकताका आधारमा बिहीबार मन्त्री पदबाट राजीनामा गरेका हुन् । बाँस्कोटालाई डेढ वर्ष अघि सेक्युरिटी प्रेस खरिदका आर्थिक लाभ माग गरेको आरोप लागेको थियो । उनको अडियो टेप बुधबार राती सार्वजनिक भएको थियो

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast