शुक्रबार, चैत्र २१, २०७६
    बिदेश

    ऋणमा चुर्लुम्म अमेरिका, राष्ट्रिय ऋण २३ ट्रिलियन डलर !

    मंगलवार, ६ फागुन २०७६, आहाखबर

    काठमाडौं, ६ फागुन

    संसारको सबैभन्दा ठूलो अर्थतन्त्र हो अमेरिका। तर, यो मुलुक पनि ऋणमा चुर्लम्म डुबेको छ। हाल अमेरिकाको राष्ट्रिय ऋण २३ ट्रिलियन डलर हाराहारी छ।

    चार वर्षअघि राष्ट्रपतिको चुनाव लड्दै गर्दा डोनाल्ड ट्रम्पले आठ वर्षमा अमेरिकाको राष्ट्रिय ऋण समाप्त पार्ने दाबी गरेका थिए। तर उनको चार वर्ष नपुग्दै ३ ट्रिलियन डलर ऋण थपिइसकेको छ।

    यसअघिका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिकाको ऋण दोब्बर बनेको थियो।

    उनी निर्वाचित हुँदा १०.६ ट्रिलियन रहेको ऋण आठ वर्ष ह्वाइट हाउसमा बस्दा २० ट्रिलियन डलर पुगेको थियो।

    सन् २०२९ सम्मा अमेरिकाको राष्ट्रिय ऋण बढेर २८.७ ट्रिलियन पुग्ने अनुमान गरिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast