शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    ‘एमसीसी’ टेबुल गर्न नमान्दा जेल, मैले कुनै अपराध गर्‍या छैन : महरा

    मंगलवार, ६ फागुन २०७६, आहाखबर

    काठमाडौं, ६ फागुन 

    पूर्वसभामुख कृष्णबहादुर महराले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

    अदालतले जे फैसला सुनायो, त्यही नै सही भएको उनको जिकिर छ ।

    काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिएको भोलिपल्ट मंगलबार उनले यस्तो बताएका हुन् ।

    ‘मैले कुनै गल्ती गर्‍या छैन । कुनै अपराध गर्‍या छैन’–उनले भने ।

    मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा आफूले ‘टेबुल’ गर्न अनुमति नदिएको समेत उनले उल्लेख गरे ।

    ‘एमसीसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो । त्यो साँचो कुरा हो । एमसीसी मैले नै उठान गर्‍यो हो । तर, एमसीसीको विषयमा सबैभन्दा बढी जानकार मै नै छु’–उनले भने ।

    यद्यपि, एमसीसी संसदबाट अनुमोदन नै गर्नहुन्न भन्ने पक्षमा आफू नरहेको उनको भनाइ थियो ।

    ‘टेबुल गर्न केही समय वेट गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । अनुमोदन नै गर्नुहुन्न भन्ने होइन’–उनले भने–‘एमसीसीको विषयमा एक ढंगले हल गर्नुपर्छ भन्ने मैले सोचिराखेको थिएँ ।’

    उनले आफू जेल पर्नुमा त्यो पनि एउटा कारण भएको जिकिर गरे ।

    ‘कारण त धेरै होलान्, त्यो पनि एउटा कारण हो । त्यो त प्रधानमन्त्रीजीले पनि भन्नुभा’छ’–उनले भने ।

    उनले पुर्पक्षका लागि आफू जेलमा बस्दा राज्यलाई अझ राम्रोसँग बुझेको बताए ।

    जेल परेको समयमा ठूला नेताहरुले आफूलाई नभेटेको उनले जानकारी दिए ।

    उनले भने–‘ठूला नेताहरुले भेटेनन् । १० हजारभन्दा बढी कार्यकर्ताहरुले भेटे । शुभेच्छुक, समर्थकहरुले भेटे ।’

    ‘अब बस्ने संसद बैठकमा जानुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने–‘नजाने भन्ने प्रश्नै छैन । म सांसदै हुँ ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast