शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    गाडी र जग्गा किन्नेलाई भन्दा तरकारी लगाउनेलाई चर्को ब्याज

    मंगलवार, ६ फागुन २०७६, आहाखबर

    काठमाडाैं ६ फागुन। बिरामी श्रीमान् राजो दासलाई बचाउन सिराहा नगरपालिका–२ की सनेचरी दासले लघुवित्तबाट ऋण लिइन् । श्रीमान् बचाउन सकिनन् । ऋण तिर्न नसक्दा १८ वर्षीय छोराले पनि आत्महत्या गरेका छन् ।

    सनेचरीले निर्धन लघुवित्त, डिप्रोक्स, नेरुडे, नयाँ नेपाल, महिला लघुवित्त, ग्रामीण महिला उत्सुकता विकास मञ्चलगायत लघुवित्तबाट करिब पाँच लाख ऋण लिएकी थिइन् । तर, किस्ता तिर्न नसकेपछि लघुवित्तले निरन्तर ताकेता गर्न थाले । व्यक्तिसँग ऋण लिएर केही किस्ता पनि तिरिन् । तर, ऋणको बोझ घटेन ।

    लघुवित्तका कर्मचारीबाट धम्की नै आउन थाले । तनाव थेग्न नसकेर १८ वर्षीय कान्छो छोरा धीरजकुमार दासले गत १२ साउनमा घरनजिकै आँपको रूखमा झुन्डिएर आत्महत्या गरे । ‘श्रीमान् बचाउन सकिनँ, छोरो पनि गुम्यो,’ सनेचरीले भनिन्, ‘ऋणको पासो छँदै छ ।’

    परिवारलाई ऋणबाट उकास्न भन्दै जेठो छोरा श्रवण ऋण काढेर डेढ वर्षअघि वैदेशिक रोजगारीमा गएका छन् । तर, उनले विदेश जाँदा लागेको ऋण पनि तिर्न सकेका छैनन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast