सोमबार, जेष्ठ १२, २०७७
    खेल संसार

    इस्टर्न रिजन टी २० मा ५ टिममात्रै, नेपालको पहिलो खेल मलेसियासंग

    सोमबार, ५ फागुन २०७६, आहाखबर

    काठमाडौं, ५ फागुन

    फागुन तेस्रो सातादेखि थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा ५ टिमले मात्र सहभागिता जनाउने भएको छ ।

    आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार ५ टिम मात्र खेल्नेगरी खेल तालिका सार्वजनिक गरेको छ । जसमा नेपाल हङकङ सिंगापुर मलेसिया र थाइल्याण्ड छन् । यसअघि चीन भुटान र म्यानमारले पनि खेल्ने तयारी थियो ।

    खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासंग खेल्नेछ । नेपालले फेब्रुअरी २९ मा पहिलो खेल मलेसियासंग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले मार्च १ मा हङकङसँग, मार्च ४ मा थाइल्याण्डसँग  र मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast