बुधबार, आषाढ २४, २०७७
    बैंक-बीमा

    नेपालमा एडिबीको खर्च ऐतिहासिक

    सोमबार, ५ फागुन २०७६, आहाखबर

    काठमाडौं, ५ फागुन

    एसियाली विकास बैंक (एडिबी)ले सन् २०१९ मा नेपालमा आफ्नोे सहयोगमा सञ्चालित आयोजनामा ऐतिहासिक खर्च भएको जनाएको छ। यो वर्ष नेपालमा ३२ करोड ३७ लाख अमेरिकी डलर खर्च भएको उसले जनाएको छ।

    नेपालको भूकम्पपछिको पुनर्निर्माण, सासेक ऊर्जा प्रणाली विकास आयोजना, खाद्य सुरक्षा र कृषिको व्यावसायिकरण, क्षेत्रीय सहरी विकास आयोजना तथा विद्यालय क्षेत्र सुधार कार्यक्रममा उल्लेखनीय खर्च भएको एडिबीले जनाएको छ।

    अर्थसचिव शिशिरकुमार ढुंगानाले गत वर्षको उपलब्धि उल्लेखनीय भएको भन्दै यो वर्ष अझै राम्रो काम गर्नुपर्ने उल्लेख गरे। ढुंगानाले आयोजना व्यवस्थापन, खरिद व्यवस्थापन र अन्तरनिकाय समन्वय गरि पूर्वाधार आयोजनाको द्रुत विकास गर्नुपर्नेमा पनि जोड दिए। 

    'नेपालको पूर्वाधार क्षेत्रमा एडिबीको सहयोग बढेको छ, तर यो अझै न्यून छ,' एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले भने, 'अहिले खर्च बढेको छ, यसको निरन्तरता भविष्यका लागि चुनौति बनेको छ।'

    उनले नेपालमा आयोजना कार्यान्वयनको तहमा रहेका कर्मचारीको क्षमता अभिवृद्धि जरुरी रहेको उल्लेख गरे। नेपाल पोर्टफोलियो रिभ्यु मिटिङमा उनले नेपालमा जटिल भौगोलिक अवस्था, संघीयताको व्यवस्थापन र कर्मचारी व्यवस्थापनमा भएको ढिलाइले काममा बाधा पुगेको उल्लेख गरे।

    एडिबीले २ अर्ब ९० करोड डलर बराबरको सहयोगको प्रतिबद्धता एवं सम्झौता गरिसकेको छ। त्योमध्ये ठेक्का र खर्चको अनुपात भने निकै न्यून छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast