शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    माैसम : धेरै ठाउँमा बाक्लो तुवाँलो लाग्ने, पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना

    सोमबार, ५ फागुन २०७६, आहाखबर

    काठमाण्डौ, ५ फागुन

    साेमबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँको मौसम सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले धेरै ठाउँमा बाक्लाे तुवाँलाे लागेकाे जानकारी  दिएकाे छ । 

    महाशाखाका अनुसार जमिन र वायुमण्डलबीचको वायुलाई छेक्ने तहका कारण धेरै ठाउँमा तुवाँलो लागेको छ । सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर बिस्तारै हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा तल्लाे सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो बढेको मौसमविद् मीनकुमार अर्यालले बतानुभयो ।

    यस्तै साेमबार पश्चिमी वायुका कारण पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast