सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    संस्कृतका विद्यार्थीले नौ वर्षदेखि पाएनन् प्रमाणपत्र

    सोमबार, ५ फागुन २०७६, आहाखबर

    काठमाडाैं ५ फागुन। नेपाल संस्कृत विश्वविद्यालयबाट विभिन्न तहको अध्ययन पूरा गरेका विद्यार्थीले नौ वर्षदेखि मूल प्रमाणपत्र पाएका छैनन्।

    प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह नहुँदा विद्यार्थीले मूल प्रमाणपत्र नपाएका खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

    ०६७ पछि आएका दुई कार्यकालका पदाधिकारीले दीक्षान्त कार्यक्रम गर्न नसक्दा विद्यार्थी विभिन्न अवसर गुमाउन बाध्य छन् । अहिले उपकुलपतिलगायतका पद रिक्त छन् ।

    विभिन्न तह उत्तीर्णपछि ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले समेत सास्ती खेप्नुपरेको छ । विदेश अध्ययन, सरकारी सेवामा प्रवेश गर्नेलगायतका काममा विद्यार्थीलाई समस्या परेको छ ।

    मूल प्रमाणपत्र माग्न आउने विद्यार्थीलाई विश्वविद्यालयले सिफारिसपत्र दिएर पठाउने गरेको छ । परीक्षा नियन्त्रक नीलप्रसाद सापकोटाले नयाँ पदाधिकारी आएपछि मात्र दीक्षान्तका विषयमा छलफल र तयारी हुन सक्ने बताए । अहिले विश्वविद्यालय निमित्तको भरमा चलेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast