सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    आर्थिक कारोबारको विवरण माग्दै व्यवसायीलाई सम्पत्ति शुद्धीकरणले पठायाे पत्र

    सोमबार, ५ फागुन २०७६, आहाखबर

    काठमाडौं ५ फागुन। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही उद्योगी-व्यवसायीसँग आर्थिक कारोबारको विवरण मागेको छ।

    यसबाट उद्योगी-व्यवसायी त्रसित बनेका छन्।

    विभागले केही उद्योगी-व्यवसायीलाई पठाएको पत्रमा उनीहरूका कम्पनीले हालसम्म चुक्ता गरेको वासलात, नाफा-नोक्सानसहित सबै आर्थिक विवरण उपलब्ध गराउन भनिएको छ।

    अर्थ मन्त्रालयअन्तर्गत रहेको विभागलाई गत वर्षदेखि प्रधानमन्त्री कार्यालय मातहत राखिएको छ।

    उद्योगी–व्यवसायीका व्यापारिक प्रतिष्ठान तथा कम्पनीले आर्थिक वर्षभरिको सम्पूर्ण खर्च र आम्दानीको विवरण अर्थ मन्त्रालय मातहतका विभिन्न निकायमा पेस गर्नुपर्ने कानूनी व्यवस्था छ।

    निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र कम्पनीहरूको सम्पूर्ण आर्थिक विवरण सरकारका विभिन्न निकायमा भएको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि आर्थिक कारोबारका सम्पूर्ण कागजात मागेपछि उद्योगी-व्यवसायी त्रसित भएको आजको नागरिक दैनिकमा समाचार छ।

    सम्पत्ति शुद्धीकरणका सूचना अधिकारी विनोद लामिछानेले उद्योगी-व्यापारीका संस्थालाई अनुसन्धानका लागि विवरण पेस गर्न पत्रचार गरेको बताए।

    “विभागले छानबिनका लागि केही उद्योगीसँग आर्थिक कारोबारको विवरण मागेको छ”, उनले भने, “विवरण माग गर्दैमा ठिक ढंगले कारोबार गरेकाहरू डराउनु पर्दैन।”

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast