शुक्रबार, आषाढ २६, २०७७
    आर्थिक खबर

    भारतमा उच्च अंकले बढिरहेको मूल्यवृद्धिको असर नेपालमा

    आईतवार, ४ फागुन २०७६, आहाखबर

    काठमाडौं, ४ फागुन

    नेपालीको भान्सा थप महंगिएको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा मुद्रास्फीति ६.८२ प्रतिशत पुगेको छ।

    औषत मुद्रास्फीति पनि बढेर ६.४१ प्रतिशत पुगेको छ। 

    अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.५८ प्रतिशत थियो।

    समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १० दशमलव २१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य पनि बढेको छ।

    यसै अवधिमा उपत्यका भित्र ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ।

    गत वर्षको यही अवधिमा उपत्यका भित्र ५.१५ प्रतिशत, तराईमा  ४.०२ प्रतिशत,  पहाडमा ४.९२ प्रतिशत र हिमालमा ४.४८ प्रतिशत थियो।

    चालु आर्थिक वर्षको ६ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेकोमा भारतमा मुद्रास्फीति ७.५९ प्रतिशत रहेको छ।

    अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४ दशमलव ५८ प्रतिशत र २ दशमलव ०५ प्रतिशत रहेको थियो।

    भारतमा उच्च अंकले मूल्यवृद्धि हुँदा यसको असर नेपाली बजारमा देखा परेको हो। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast