सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकियाे : फैसला भने सोमबार मात्रै सुनाइने

    आईतवार, ४ फागुन २०७६, आहाखबर

    काठमाडौँ, ४ फागुन

    निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिए पनि फैसला भने सोमबार मात्रै सुनाइने भएको छ । 

    महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धी लागेको मुद्दामामाथि काठमाण्डौ जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ । आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सम्पन्न भएको हो ।

    महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणि पोखरेल, भीमार्जुन आचार्य लगायत वकिलहरु र सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलरुले बहस गर्नुभएको थियो ।

    संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast