बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    अरविन्द केजरीवाल बने तेस्रो पटक दिल्लीका मुख्यमन्त्री, लिए पद तथा गोपनीयताको शपथ

    आईतवार, ४ फागुन २०७६, आहाखबर

    नयाँदिल्ली, ४ फागुन । आम आदमी पार्टीका विधायक तथा दलका नेता अरविन्द केजरीवालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    दिल्लीको ऐतिहासिक रामलीला मैदानमा दिल्लीका उपराज्यपाल अनिल बैजलले विधायक केजरीवाललाई आइतबार मुख्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।

    शपथ ग्रहण समारोहमा दिल्लीका उच्च पदस्थ व्यक्तिहरूसँगै ठूलो संख्यामा आम आदमी पार्टीका नेता, कार्यकर्ता र आम नागरिकको बाक्लो उपस्थिति थियो । विधानसभा चुनावमा विजयी आम आदमी पार्टीले दिल्लीमा तेस्रो पटक सरकार गठन गरेको छ । केजरीवाल तेस्रो पटक राज्यका मुख्यमन्त्री बनेका छन् । 

    सन् २०१३ मा केजरीवाल पहिलो पटक मुख्यमन्त्री बनेका थिए । सन् २०१५ मा उनी दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए । केही दिन अघि सम्पन्न विधानसभा चुनावमा आम आदमीले दिल्लीका ७० सिटमध्ये ६२ स्थानमा जित हासिल गरेको थियो । सन् २०१५ मा उक्त पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast